बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस

काठमाडौं । सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने समयावधि घटाउनेगरी ऐन संशोधन गर्ने भएको छ । जसका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई छोट्याएर करिब ४५ दिन बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नेगरी ऐन संशोधन गर्न लागिएको हो ।

‘उल्लेखनीय रुपमा नै छुट्याउने कुरा भएको छ । १२ वर्ष भएकोमा त्यसलाई ४५ दिन लगभग बनाउनेगरी कुरा भएको छ,’ पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *