पुँजीबजार सचेतनाका लागि विश्व लगानीकर्ता सप्ताह सुरु

काठमाडौं । पुँजीबजार सचेतनाका लागि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन तीन सहरमा प्रभातफेरी आयोजना गरिएको छ । धितोपत्र बोर्डको आयोजना र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा सोमबार तीन सहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।

पोखरा, सुर्खेत र विराटनगरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।  लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको प्रभातफेरीमा धितोपत्र बोर्डका पदाधिकारी, ब्रोकर्सका प्रतिनिधि, लगानीकर्ता लगायतको उपस्थिति थियो ।

विश्व लगानीकर्ता सप्ताह आश्विन १९ गतेदेखि २५ गतेसम्म चल्नेछ ।  सप्ताहका क्रममा पुँजीबजारसम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न ठाउँहरूमा कार्यक्रम हुनेछन् ।

पुँजीबजारसम्बन्धी प्रशिक्षण कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, विज्ञसँग छलफल लगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *