काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
बैंकले संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने व्यवस्थाअनुसार यसअघि ३५ दिने सूचना जारी गरी उक्त शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो। तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेपछि बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्।




