शेयर बजारमा झिनो अंकको वृद्धि, ४ अर्ब ८८ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ को विन्दुमा कायम भएको छ ।

आज ३५३ कम्पनकिो १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड माथिको शेयर कारोबार भएको छ । आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोडको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले कमाएका हुन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७.५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *