विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशनका क्रममा संस्थापन र इतर समूहका कार्यकर्ताबीच झडप भएको छ।
क्रियाशील सदस्यताको विषयमा विवाद भएपछि अधिवेशनस्थलमा तोडफोड र कुटपिट भएको हो। झडपपछि क्षेत्रीय अधिवेशनको प्रक्रिया अनिश्चित बनेको छ।
झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुर्व्यवहार भएको छ । यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन् ।
घाइते नेता-कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।




