कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रुपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गरेको छ । साथै, बाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका अन्य प्रस्तावहरु अनुमोदन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *