सुनचाँदीको मूल्य घट्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ११५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर रुपमा घटिरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *