साउनमा विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब पुग्यो, २१.८ महिनाको आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

असार मसान्तको तुलनामा साउनमा विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेको हो।

राष्ट्र बैंकका अनुसार विद्यमान विदेशी विनिमय सञ्चितिले चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा २१.८ महिनाको वस्तु आयात तथा १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।

यस्तै, साउनमा नेपालको बाह्य क्षेत्रसमेत बचतमा देखिएको छ। समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब १ करोड रुपैयाँ भित्रिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *