अर्थ सन्जाल — आर्थिक समाचारको विश्वसनीय माध्यम
Annuparna_Cabelcar_OP (1)
अर्थ सन्जाल
मंसिर ३, २०८३
ArthaSanjal_1200x150px
SME-Loan-900-x-110-px
ब्रेकिङ
सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांशमंसिर ३, २०८३, बिहीबार ११:५४सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांशएनआईसी एसिया बैंकको हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तयमंसिर ३, २०८३, बिहीबार ११:५०एनआईसी एसिया बैंकको हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय६ विकास बैंकले घोषणा गरे लाभांश, कुन बैंकको शेयर किन्दा अझै पाइन्छ लाभांश ?मंसिर ३, २०८३, बिहीबार ११:४०६ विकास बैंकले घोषणा गरे लाभांश, कुन बैंकको शेयर किन्दा अझै पाइन्छ लाभांश ?लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?मंसिर ३, २०८३, बिहीबार ११:२६लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?मंसिर ३, २०८३, बिहीबार ११:१६सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापामंसिर ३, २०८३, बिहीबार ११:१५आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापाएनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैमंसिर ३, २०८३, बिहीबार ११:१४एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैशिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारमंसिर ३, २०८३, बिहीबार ११:१२शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारसम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांशमंसिर ३, २०८३, बिहीबार ११:५४सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांशएनआईसी एसिया बैंकको हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तयमंसिर ३, २०८३, बिहीबार ११:५०एनआईसी एसिया बैंकको हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय६ विकास बैंकले घोषणा गरे लाभांश, कुन बैंकको शेयर किन्दा अझै पाइन्छ लाभांश ?मंसिर ३, २०८३, बिहीबार ११:४०६ विकास बैंकले घोषणा गरे लाभांश, कुन बैंकको शेयर किन्दा अझै पाइन्छ लाभांश ?लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?मंसिर ३, २०८३, बिहीबार ११:२६लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?मंसिर ३, २०८३, बिहीबार ११:१६सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापामंसिर ३, २०८३, बिहीबार ११:१५आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापाएनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैमंसिर ३, २०८३, बिहीबार ११:१४एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैशिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारमंसिर ३, २०८३, बिहीबार ११:१२शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधार

नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति 

1000x150
A Arthasanjal असोज २, २०८३ २० पटक पढिएको
७ सेयर
नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट : यसबर्ष दुई हजार २५ बढीले लिए अनुमति 

हुम्ला । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् ।

arthasanjal-cg-hero

छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी हुम्लावासीले सीमापास लिएका हुन् ।

बर्षेनी उनीहरु रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरु अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र मात्रै जान पाउने व्यवस्था छ । बर्षेनी हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाहीका अनुसार, गत वर्षभन्दा यो वर्ष सीमापास लिने हुम्लावासीको संख्या कम छ ।

नयाँ सीमापास एक हजार तीनसय ९५ जना रहेको छ भने पास नवीकरण गर्नेको संख्या ६ सय ३० जना रहेका छन् ।

चार सय ३७ महिला र एक हजार पाँच सय ८८ जना पुरुषले पास लिएका छन् । पास लिएका सबै हुम्ली नागरिक काम, व्यापार र व्यवसायका लागि चीनको ताक्लाकोट पुग्ने गरेका छन् ।

केही व्यापारी ताक्लाकोटबाट व्यापारी प्रयोजनका सामान खरिद गरेर ढुवानी गर्न र केही निर्माण सामाग्री खरिद गर्नका लागि ताक्लाकोट जाने गर्छन भने अधिकांश हुम्लावासी ६ महिनाका लागि ताक्लाकोटमा रोजगारीका लागि जाने गर्दछन् ।

ताक्लाकोटमा काम गरेको ६ महिनाको अवधिमा प्रतिव्यक्तिले ४ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको स्थानीय तुलरासी बोहराले बताए । हाल उनी ताक्लाकोटमा काम गरिरहेका छन् ।

एक दिनमा नेपाली दुइ हजारदेखि तीन हजारसम्म एक जनाले दैनिक कमाई गर्ने गरेका छन् । भने चिनिया युवान ७० देखि दुई सयसम्म कमाउने गरेका छन् । हुम्लाबाट ताक्लाकोट पुगेका नेपालीले घर बनाउने, मजदुर, खेतीपातीलगायतमा काम गर्दै आउने गरेका हुन् ।

गाउँघरमा बेरोजगार बढ्दै

हुम्लामा बेरोजगारीको समस्या विकराल बन्दै गएपछि यहाँका स्थानीय बासिन्दा छिमेकी राष्ट्र चीनको ताक्लाकोटमा रोजगारीको खोजीमा जानेक्रम तीव्र रूपमा बढेको छ ।

पछिल्ला वर्षहरूमा युवायुवतीहरू कामको खोजीमा ताक्लाकोटतर्फ आकर्षित भइरहेका छन् । ताक्लाकोटमा सहजै रोजगारी प्राप्त हुने भएकाले जिल्लाका युवायुवतीहरू छ महिनाको लागि त्यसतर्फ जाने गरेका छन् ।

गाउँघरमा बेरोजगार बस्नुभन्दा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने अस्थायी सीमा पास बनाएर उनीहरू चीन जाने र आम्दानी गरेर फर्कने गर्दछन् ।

विगतमा जडीबुटी संकलनमा जानेहरू अहिले ताक्लाकोटमा घरायसी तथा कृषिजन्य काममा संलग्न हुन थालेका छन् ।

हुम्लाबाट कामको खोजीमा चीन पुग्नेहरूमा नाम्खा र सिमकोट गाउँपालिकाका युवाहरूको संख्या सबैभन्दा बढी रहेको छ । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिकाका युवायुवतीले पनि सीमा पास बनाएका छन् ।

A

Arthasanjal

अर्थ सन्जाल — समाचार

सम्बन्धित समाचार