सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *