रास्वपा सांसद् प्रश्न- अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देशमा नेपाली राजदूतका पद रिक्त रहेको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले राजदूतका पद लामो समयसम्म रिक्त राख्दा नेपालको कूटनीतिक सम्बन्ध प्रभावित हुन सक्ने भन्दै तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।

‘राजदूतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’, सांसद न्यौपानेले प्रश्न गरे ।

रास्वपालाई जनताले दुई तिहाइ मत दिएर पठाएको स्मरण गराउँदै उनले देशमा योग्यता र क्षमता भएका नागरिक पनि रहेको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारी गरेका बेला अमेरिकामा समेत नेपाली राजदूत नरहेको बताउँदै यस्तो अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *