सुनको मूल्य घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी आइतबार कायम मूल्यलाई नै आधार मानेर किनबेच भइरहेको छ। यसदिन चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *