उच्च अदालतमा ३ न्यायाधीश सिफारिस, सर्वोच्चको रजिष्ट्रारमा को-को?

काठमाडौँ। न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

त्यस्तै, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरका लागि सिफारिस गरिएको छ।

यसैगरी बैठकले सर्वोच्च अदालतको रजिष्ट्रार पदका लागि बाबुराम दाहाल र ठकेन्द्र कट्टेलको नाम सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *