दुई महिनामै ग्यास बिक्री १२ लाख सिलिण्डरले बढ्यो

काठमाडौं।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खाना पकाउने ग्यासको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२ लाख सिलिण्डरले बढेको छ।

नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको साउन र भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ग्यासको बजारीकरण उल्लेख्य रूपमा बढेको हो।

गत वर्ष साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएको थियो। चालु आर्थिक वर्षको साउनमा भने ४० लाख ३६ हजार ३ सय ६४ सिलिण्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ।

त्यस्तै, गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९ सय ६० सिलिण्डर ग्यास बिक्री भएको थियो। चालु आर्थिक वर्षको भदौ २७ गतेसम्म मात्रै ३७ लाख १३ हजार ८ सय ९४ सिलिण्डर ग्यास बजारमा पठाइएको निगमको तथ्यांक छ।

यसअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ग्यासको बजार माग तथा बिक्री अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *