‘ग्यास छैन भने सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई भन्नु पर्यो – दाउरा खोजेर भात पकाएर खाउ’

काठमाडौँ ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ग्यास अभावमा जनता पीडामा रहेको बताएकी छन् । उनले ग्यास नभएकै हो भने सरकारले घोषणा गर्नुपर्ने र छ भने उपलब्ध गराउनुपर्ने बताइन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले ग्यासको उपलब्धताबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । ग्यास पसलेले सर्वसाधारणलाई नदिइरहेको पनि उनको भनाइ थियो । ‘पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाइ मत दिएर पठाएको हो त ?,’ सांसद तामाङले भनिन्, ‘यदी साच्चिकै ग्यास छैन भने आज नै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजि पकाएर खाउ भनेर भन्न सक्नुपर्‍यो ।’

सांसद तामाङले जनताले आफूलाई हजरौं नागरिकले ग्यासका लागि फोन गरने गरेको पनि बताइन् । पसलमा ग्यास रहेको तर पसलेले ‍बेच्न नमानेको पनि सर्वसाधारणले सुनाउने गरेको उनले बताइन् । ‘मलाई दिनमा हजारौं कल आउँछन् आशिका दिदी पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न ममान्दैनन् । यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ?,’ उनले प्रश्न गरिन्, ‘के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? यसको जवाफ, यस सदनको सबैभन्दा नजिकको व्यक्ति सभामुखबाट नै पाउनेछु भनेर आस गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *