शेयर बजार २७ अंकले बढ्यो, ४ अर्ब ३६ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा बन्द भएको छ ।

आज ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०.५३ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले १०.०९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मल्टीपर्पज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *