काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० को विन्दुमा बन्द भएको छ ।
आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड माथिको शेयर कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शुभम् पावरका लगानीकर्ताले ६.४० प्रतिशतका दरले कमाउका छन् । सिभिल बैंक डिबेञ्चरका इकाईधनीले ५.९४ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।






