नेपाल वायुसेवा निगमको निमित्त महाप्रवन्धक जिम्मेवारी कालाखेतीलाई

काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रवन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिएको हो । अर्को व्यवस्था नभएसम्म भूमिका निर्वाह गर्ने गरी उनलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि महेश्वरभक्त श्रेष्ठको नियुक्ति अदालतबाट बदर भएसँगै नेवानिको नेतृत्व रिक्त रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *