काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ को विन्दुमा बन्द भएको छ ।
आज ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड माथिको शेयर कारोबार भएको छ । आज १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.१६ प्रतिशतका दरले कमाएका छन् । घोराही सिमेन्टका लगानीकर्ताले ७.५७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका हुन् ।






