काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई २.२० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरणका लागि क्यापिटले यही भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २४ गतेभन्दा अघिसम्म कायम इकाइधनीले उक्त योजनाको लाभांश पाउन योग्य हुनेछन्।
यो योजनाको कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ।






