बाढीपीडितका लागि श्रीलंकाद्वारा १० लाख डलर सहयोगको घोषणा

काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण ठूलो संकटमा परेको नेपाललाई श्रीलंका सरकारले १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मानवीय सहायता उपलब्ध गराउने भएको छ।

श्रीलंकाको विदेश मन्त्रालयका अनुसार नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी राहत र पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउन उक्त रकम निकासा गर्न निर्देशन दिएका हुन्।

प्राकृतिक विपत्तिले नेपालमा पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति दिसानायकेले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *