काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियालगायत गतिविधि रोक्न माग गर्दै शेरवहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा दुवै रिटमाथि भएको सुनुवाईपछि निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो । यससँगै सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्ने बाटो खुलेको छ।
‘अन्तरकालीन आदेश दिन नपर्ने’ भन्ने आदेश आएसँगै थापाले नियमित काम अघि बढाउन सक्नेछन्।
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तयारी थापा नेतृत्वको समितिले गरेको छ। यसअघि वैशाख ४ गते शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको थियो।




