रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या ४ सय पुग्यो, ६३ जनाको काठमाडौँमा उपचार हुँदै

काठमाडौँ। रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ४००  पुगेको छ।

नेपाल प्रहरीकाअनुसार बिहीबार साँझ ५ बजेसम्म रसुवा, नुवाकोट, चितवनलगायत जिल्लामा ३ सय ५९ जनाको शव फेला परेको हो। प्रहरीकाअनुसार सबैभन्दा धेरै चितवनमा १ सय ३२ जनाको शव फेला परेको छ।

यस्तै रसुवामा १७ जनाको शव फेला परेको छ भने नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

विभिन्न ठाउँमाबाट उद्धार गरिएका ६३ जना घाइतेहरूको काठमाडौँका विभिन्न असप्तालमा उपचार भइरहेको छ। एक हजार भन्दा धेरै बेपत्ता रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *