नेपाल टेलिकमद्वारा दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनसम्म निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा उपलब्ध गराउने भएको छ।

टेलिकमका अनुसार प्रभावित सेवाग्राहीले दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस समेत निःशुल्क पाउनेछन्।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै टेलिकमले एसएमएसमार्फत सचेत गराइरहेको छ। साथै, सेवाग्राहीलाई आवश्यक सूचना प्रवाह गर्न सचेतनामूलक रिङब्याक टोनसमेत बजाइरहेको जनाएको छ।

बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण टेलिकमले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *