काठमाडौं । नेपाल सरकारले यही भदौ १० गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मोहम्माद जयन्ती परेको हुनाले सर्वाजनिक बिदा दिने निर्णय गरेको हो ।
सो दिन नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा मुस्लिम आयोगबाट भदौ १० गते मोहम्माद जयन्ती परेको जानकारी प्राप्त भएको भन्दै सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको हो । त्यस दिन मुस्लिम धर्मावलम्बीहरुका लागि मात्रै सार्वजनिक बिदा दिने जनाइएको छ ।






