लुम्बिनीमा तीन मन्त्रीले भोलि शपथ लिने

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले भोलि शपथ लिने भएका छन् ।

मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भोलि दिउँसो ३ः२५ बजे शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी काशीराम पन्थीले बताए।

मुख्यमन्त्री आचार्यले नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *