काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।




