नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली

काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीका क्रममा कार्यकारी निर्देशक कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थाले गर्दै आएका कामलाई अझ चुस्त, पारदर्शी र परिणाममुखी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोषमा रहेको ठूलो रकमलाई सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिए। त्यसका लागि कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यकारी निर्देशक कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेकाले कोषको कार्यप्रणाली र गतिविधिबारे आफू जानकार रहेको बताए। आफ्नो अनुभवलाई उपयोग गर्दै आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *