अर्थ सन्जाल — आर्थिक समाचारको विश्वसनीय माध्यम
Annuparna_Cabelcar_OP (1)
अर्थ सन्जाल
मंसिर ३, २०८३
ArthaSanjal_1200x150px
SME-Loan-900-x-110-px
ब्रेकिङ
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?मंसिर ३, २०८३, बिहीबार ११:१६सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापामंसिर ३, २०८३, बिहीबार ११:१५आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापाएनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैमंसिर ३, २०८३, बिहीबार ११:१४एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैशिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारमंसिर ३, २०८३, बिहीबार ११:१२शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारभारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावमंसिर ३, २०८३, बिहीबार ११:११भारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेमंसिर ३, २०८३, बिहीबार ११:०९ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेबजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वमंसिर ३, २०८३, बिहीबार ०८:३२बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वबराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउमंसिर ३, २०८३, बिहीबार ०८:२७बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउसुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?मंसिर ३, २०८३, बिहीबार ११:१६सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापामंसिर ३, २०८३, बिहीबार ११:१५आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापाएनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैमंसिर ३, २०८३, बिहीबार ११:१४एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैशिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारमंसिर ३, २०८३, बिहीबार ११:१२शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारभारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावमंसिर ३, २०८३, बिहीबार ११:११भारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेमंसिर ३, २०८३, बिहीबार ११:०९ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेबजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वमंसिर ३, २०८३, बिहीबार ०८:३२बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वबराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउमंसिर ३, २०८३, बिहीबार ०८:२७बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ

फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

1000x150
A Arthasanjal भदौ ५, २०८३ ९ पटक पढिएको
७ सेयर
फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

काठमाडौं । सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका छन्।

arthasanjal-cg-hero

शुक्रबार काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनको समस्या संघीय सरकार, स्थानीय तह वा कुनै एक निकायको मात्र नभई राष्ट्रिय समस्या भएकाले सबै मिलेर समाधान खोज्नुपर्ने बताए।

उनले भने, ‘यो संघ र स्थानीय निकायको समस्या होइन, यो एउटा राष्ट्रिय आपतकाल हो। यो हामी सबैको दायित्व हो। एक अर्कालाई सहयोग ग¥यौँ भने समस्याको समाधान हुन्छ, एक अर्कालाई देखाएर औँला ठड्यायौँ भने समाधान हुँदैन।’

मन्त्री तिल्सिनाले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्तिको पहल गरिरहेको विषयमा भूमि व्यवस्था मन्त्रीसँग समेत छलफल गरेको जानकारी दिए। हालको कानुनी व्यवस्थाअनुसार स्थानीय सरकारलाई संघीय सरकारको जग्गा उपलब्ध गराउन सीमितता रहेको भन्दै त्यसका लागि कानुन वा नियमावली संशोधनको विकल्प खोजिने बताए।

उनले तत्कालका लागि लिजमा जग्गा उपलब्ध गराउने र स्थानीय तहले भुक्तानी गर्नुपर्ने रकमसमेत हटाउने गरी नियमावली संशोधनमार्फत समाधान निकाल्न सकिने विषयमा छलफल भइरहेको बताए।

‘ऐन संशोधन गर्नुपर्छ भने त्यसमा पनि जाऊँ। तर यो जरुरी विषय भएकाले यसको उपाय मन्त्रिपरिषद्बाटै निकाल्ने गरी अगाडि बढौँ भनेर तयारी गर्न भनेको छु,’ उनले भने।

मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनमा छोटो, मध्यम र दीर्घकालीन योजना आवश्यक रहेको बताए। सबै निकायले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा पहिचान गरी समस्याको गाँठो फुकाउन इमानदारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘आजको भोलि समस्याको समाधान हुन सक्दैन, यसको लामो इतिहास छ। तर आज केही पनि नगरे फेरि भोलि समस्याको समाधान हुँदैन।’

फोहोर व्यवस्थापनको समस्याबाट प्रभावित क्षेत्रका बासिन्दाको पीडालाई आफूले गम्भीर रूपमा लिएको मन्त्री तिल्सिनाले बताए। उनले आफू प्रभावित क्षेत्रको जनप्रतिनिधिसमेत भएकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

उनले प्रभावित क्षेत्रका नागरिकलाई द्वन्द्वको बाटोमा नजान आग्रह गर्दै सरकार गम्भीरतापूर्वक काम गरिरहेको अवस्थामा केही समय सहयोग गर्न आग्रह गरे।

‘हामी द्वन्द्वमा नजाऔँ। आजको दिनमा चाहिँ मैले त्यहाँको प्रतिनिधिको हिसाबले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छु। केही समय मलाई काम गर्न दिनुस्,’ उनले भने।

मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनका लागि जापानी प्रविधि प्रयोग गर्न सकिने विषयमा समेत छलफल भइरहेको बताए। सभामुखसँग यस विषयमा छलफल भएको र जापानको प्रविधिबाट सहयोग लिन सकिने सम्भावना रहेको उनले जानकारी दिए।

उनले काठमाडौं उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरूलाई सहकार्यका लागि आग्रह गर्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकाल्न सबै पक्ष एक ठाउँमा आउनुपर्ने बताए।

‘राम्रो काम जहिले पनि आफैँले सुरुवात गर्न सकेको राम्रो। फोहोर व्यवस्थापनको एउटा राम्रो मोडल स्थापित गरेर जान सक्ने अवस्था बनोस्,’ उनले भने।

फोहोर व्यवस्थापनको समस्याका कारण नुवाकोट र धादिङका प्रभावित क्षेत्रका नागरिकको मानवअधिकारसमेत प्रभावित भइरहेको भन्दै मन्त्री तिल्सिनाले समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।

A

Arthasanjal

अर्थ सन्जाल — समाचार

सम्बन्धित समाचार