काठमाडौँ । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।
उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।




