महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले विभिन्न होटल, रेस्टुरेन्ट तथा स्वास्थ्य संस्थाका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको जनाएको छ। सम्झौताअनुसार बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सम्बन्धित संस्थाका सेवा तथा सामग्रीमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार मनकामना गार्डेन क्रेस्ट होटल, कुरिनटारमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाइनेछ। त्यस्तै, प्लोटो काठमाडौं, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा एल्लो हाट्टी, लाजिम्पाटमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

यसैगरी, अल्फा केयर डायग्नोस्टिक सेन्टर, बुद्धनगरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म र दृष्टि आई केयर, कलंकीमा नाक, कान, घाँटी तथा आँखा उपचार एवं प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ।

ओरियन्ट क्याफे, दरबारमार्गमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र होटल स्मारक, हेटौंडामा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवामा थप सहजता प्रदान गर्ने उद्देश्यले काठमाडौंको ज्ञानेश्वरमा डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *