आज उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री, यी हुन् बिक्री केन्द्र

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट आइतबार खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ।

निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था गरिएको हो। ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

ग्यास बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री हुनेछ। निगमका अनुसार टेकुस्थित निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट ग्यास बिक्री गरिनेछ।

ती बिक्री केन्द्रमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ।

निगमले ग्यास खरिदका लागि तोकिएको बिक्री केन्द्रमा परिचयपत्रसहित उपस्थित हुन उपभोक्तालाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *