सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले पनि लिए शपथ

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले शपथ लिएका छन् ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।

सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, चक्र मल्ल आर्थिक मामिला मन्त्री र दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्। यस्तै जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री बनेकी छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *