बैंकिङ प्रणालीबाट आज फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज साउन २९ गते फेरि २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। यसका लागि निक्षेप संकलन उपकरणमार्फत आज दिउँसो ३ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ३५ दिने निक्षेप संकलन उपकरणको आउँदो असोज २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *