शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा रहेको छ । युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

थाइ भाटको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *