काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरूको प्रतिशेयर वितरणयोग्य मुनाफा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार गरिमा विकास बैंक लाभांश क्षमतामा सबैभन्दा अगाडि देखिएको छ।
गरिमा विकास बैंकले प्रतिशेयर २० रुपैयाँ २३ पैसा वितरणयोग्य मुनाफा कायम गरेको छ। यससँगै बैंक राष्ट्रियस्तरका विकास बैंकमध्ये पहिलो स्थानमा रहेको छ।
त्यस्तै, दोस्रो स्थानमा लुम्बिनी विकास बैंकको १६.९९ रुपैयाँ र तेस्रो स्थानमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६.८६ रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ।
यसैगरी चौथो स्थानमा रहेको कामना सेवा विकास बैंकले प्रतिशेयर रु. १५.१६ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। कामना सेवा विकास बैंकले भने आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ।
सूचीमा सांग्रिला डेभलपमेन्ट बैंक प्रतिशेयर रु. १३.१९ र महालक्ष्मी विकास बैंक प्रतिशेयर रु. १०.३१ को वितरणयोग्य मुनाफाका साथ चौथो त्रैमास अन्त्य गर्न सफल भएका छन्।
वित्तीय प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा रु. ८.४५ रहेको छ भने ज्योति विकास बैंक रु. ३.२८ रहेको छ।




