नाइमा एक्स्पोमा चेरी ब्रान्डको चेरी क्यू सार्वजनिक, फराकिलो क्याबिन र आधुनिक डिजाइन

काठमाडौं। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले विश्वप्रसिद्ध रेडडट डिजाइन अवार्ड २०२५ तथा इफ डिजाइन अवार्ड २०२६ प्राप्त गरेको चेरी क्यूलाई सार्वजनिक गरेको छ।

दैनिक सहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यूमा ४१।२ किलोवाट क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले एनइडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। रियल ह्वील ड्राइभ प्लेटफर्ममा आधारित अर्बन क्रसओभरले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता पनि प्रदान गर्दछ।

आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीको छ।

गाडीको सफा तथा आकर्षक बाह्य डिजाइन, न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम इन्टेरियर, विशेष लाइटिङ सिग्नेचर तथा फराकिलो क्याबिनले आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको क्रसओभरको परिचय दिने कम्पनीको भनाइ छ।

यसमा कम्फर्टक मूल्य ३४ लाख ४९ हजार, प्रीमियमको ३५ लाख ९९ हजाअ तोकिएको छ। नाइमा अफरमा कम्फर्टको ३० लाख ९९ हजार र पृमियमको ३२ लाख ९९ हजार तोकिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *