शेयर बजारमा गिरावट, ३ अर्ब ६७ करोडकाे कारोबार

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ को विन्दुमा बन्द भएको छ ।

आज ३५२ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १२ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ४.६१ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ४.४७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिलायबल समृद्धि योजना २ का इकाइधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.७० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *