काममा फर्किए सन नेपाल लाइफका सीईओ अर्याल

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् । कम्पनीले एक सूचना जारी गर्दै साउन २१ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयअनुसार अर्याल पुनः कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन सुरु गरेको जानकारी दिएको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८२ चैत १६ गते अर्याललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । सीआईबीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयर बाँडफाँड प्रक्रियामा अनियमितता तथा किर्ते गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी सेयर बाँडफाँटसम्बन्धी विषयमा प्रारम्भिक अध्ययन गरी अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदन पठाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

उनी जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौको निणैयअनुसार चैत १६ गते रिहा भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *