विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा. खड्ग केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्यक्ष केसीलाई शपथ खुवाएका हुन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको थियो । त्यसपछि आज मन्त्रालयमा मन्त्री पोखरेलले शपथ खुवाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *