१ अर्ब ९० करोडको हुण्डी कारोबारमा समातिए रिजाल

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ।

धादिङ घर भई नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय रिजाललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *