आर्थिक सुधारमा सक्रिय साझेदार बन्न राष्ट्र बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ। अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक सुधार र रूपान्तरणलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले नियामकको परम्परागत भूमिकाभन्दा माथि उठेर सरकारको सक्रिय साझेदारका रूपमा काम गर्नुपर्ने बताएका छन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशकसँगको छलफलमा उनले मौद्रिक नीति र वित्तीय नीतिबीच समन्वय बढाउँदै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह, डिजिटल वित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे संयुक्त कार्यदल गठन गरेर नीतिगत सुधारलाई तीव्रता दिइने पनि उनले बताए।

अर्थमन्त्री वाग्लेले सरकार, राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै लक्ष्यका साथ अघि बढे आर्थिक रूपान्तरणले व्यवहारिक गति लिने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *