दुई महिनाको अवधिमा कति परिवार बने जग्गाधनी ?

काठमाडौं । भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

समितिका अनुसार २० जेठदेखि १६ साउनसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई गरी ९७ वटा पुर्जा वितरण गरिएको हो।

वितरण गरिएका पुर्जामध्ये भूमिहीन दलितका लागि ६, भूमिहीन सुकुमवासीका लागि ५८ र अव्यवस्थित बसोबासीका लागि ३३ वटा रहेका छन्।

झापाको बुद्धशान्ति नगरपालिकाको ४ नम्बर वडा, अर्जुनधारा नगरपालिकाको ११ नम्बर वडा र कन्काई गाउँपालिकाको ४ नम्बर वडामा जग्गाधनी पुर्जा वितरण गरिएको छ । बर्दियास्थित बढैयाताल गाउँपालिकाकको वडा नम्बर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका २९ परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।

चितवनको इच्छाकामना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासीका ३४ परिवारलाई जग्गा पुर्जा दिइएको छ । हालसम्म वितरण गरिएको मध्ये एउटै पालिकामा सबैभन्दा बढी पुर्जा वितरण इच्छाकामना नगरपालिका रहेको छ ।

डडेलधुराको अजेयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबास गर्ने सात परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *