राष्ट्रिय वाणिज्य बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा उल्लेखित व्यवस्था उल्लंघन गरी निर्देशन पालना नगरेको पाइएपछि बैंकलाई कारबाहीस्वरूप सचेत गराइएको हो।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ विपरीत समयमै बैंक खाता रोक्का नगरेको पाइएको थियो । सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम बैंकलाई पहिलो पटक सचेत गरिएको हो ।

योसँगै  बैंकलाई अब उप्रान्त विनियमावलीमा भएको व्यवस्थाअनुसार अनुरोध प्राप्त हुनासाथ समयमै बैंक खाता रोक्का गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। समष्टिगत स्थलगत तथा निरीक्षणका क्रममा बैंकमा गम्भीर प्रकृतिका कमजोरीहरू दोहोरिएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउन राष्ट्रिय वाणिज्य बैंकलाई सचेत गराएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *