सुन सामान्य घट्दा चाँदीको मूल्यमा भारि गिरावट

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५९५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा भारि गिरावट भएको छ । चाँदीको मूल्यमा एकै दिन ५९५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *