काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो।
सीआईबीका अनुसार भट्टराईलाई कागेश्वरी मनहरा नगरपालिकाबाट नियन्त्रणमा लिइएको हो। उनलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
Facebook Comments Box




