शेयर बजारमा १६ अंकको गिरावट, ३ अर्ब ३८ करोडकाे कारोबार

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ को विन्दुमा बन्द भएको छ ।

आज ३३७ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढ्दा २०६ वटाको कम्पनीको शेयर मूल्य घटेको छ। आज ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २.८८ प्रतिशतका दरले कमाएका छन् । शुभम पावरका लगानीकर्ताले २.१५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *