काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ ।
‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो ।
छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।
उम्मेदवारका सम्बन्धमा राय वा सुझाव दिन चाहने व्यक्तिले साउन २० गतेसम्म गुगल लिङ्कमार्फत सुझाव पठाउन सक्नेछन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने जनाइएको छ।





