बैंकहरुको मुद्दति निक्षेपमा २४ अर्ब १८ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दति निक्षेपमा राख्न लागिएको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई साउन १८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार कुल लगानीमध्ये १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ वाणिज्य बैंकमा, ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र १ अर्ब २० करोड ९३ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा राखिनेछ।

केन्द्रीय बैंकले उक्त लगानी सन् २०२६ अगस्ट १२ देखि २०२७ अगस्ट १२ सम्म, ३६६ दिनका लागि हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *