नेप्सेमा लगातार गिरावट, लगानीकर्ताको मनोबल कमजोर बन्दै

काठमाडाैं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट कायम रहेको छ। बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ। सूचकसँगै कारोबार रकम पनि लगातार तेस्रो दिन ओरालो लाग्दै करिब ४ अर्ब रुपैयाँमा सीमित भएको छ।

आज १३ उपसमूहमध्ये केवल दुई समूहमा हरियाली देखिँदा बाँकी ११ समूह राताम्मे बनेका छन्।  आजको कारोबारमा ७८ कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा गिरावट रहे पनि एभरेष्ट कलरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् भने गरिमा समृद्धि योजनाका इकाइधनीले सर्वाधिक घाटा व्यहोरेका छन्।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा रहेकाे छ। यस कम्पनीको शेयरमा २२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। लगातारको गिरावटसँगै लगानीकर्तामा सतर्कता बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *